बच्चाको हड्डी बलियो बनाउन चाहनुहुन्छ ? खुवाउनुहोस् यो फल-Sutra News

बच्चाको हड्डी बलियो बनाउन चाहनुहुन्छ ? खुवाउनुहोस् यो फल

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । हामीले बच्चाहरूलाई स्वस्थ राख्न अनेक प्रकारका फलफूल खुवाउँदै आएका छौँ । फलफूल खुवाउँदै आआफ्नै फाइदा हुने गर्दछ ।



यसमध्येको सबैभन्दा लाभदायिक फल हो- किवी । मूलत: बच्चालाई किवी खुवाउँदा हड्डी बलियो हुन्छ । यसका साथै जाडो माैसममा किवीले सबैका लागि फाइदाजनक हुने गर्दछ ।

किवी खानुका फाइदा

किवीमा अधिक मात्रामा क्याल्सियम पाइन्छ । एक कप किवीको रसमा ६१.२ मिलीग्राम क्याल्सियम हुन्छ । जसका कारण किवीको सेवनले हड्डीलाई भित्रबाट बलियो बनाउने काम गर्छ ।

– जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किवीको सेवन लाभदायक हुन्छ । यसले धेरै रोग र संक्रमणको खतराबाट जोगाउन सक्छ ।

– यसमा प्रचुर मात्रामा भिटामिन सी र म्याग्नेसियम पाइन्छ । जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । तपाईंको कोशिकालाई अक्सिडेटिभ क्षतिबाट बचाउँछ ।

– किवीको दैनिक सेवन गर्नाले शरीरमा भिटामिन ए र क्याल्सियमको कमी पूरा हुन्छ । जसले शरीरमा हुने क्याल्सियमको कमीलाई पूर्ति गर्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट