विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु, एक घाइते-Sutra News

विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु, एक घाइते

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।



स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए, उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ, एक जना घाइते भएका छन् ।”

आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटना स्थलमा पुगेका थिए । राति ११ः३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो । गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो ।

शुक्रबारको आगलागीबाट बचेका घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट