४० अर्बमा टाटाले किन्यो आईपीएलको टाइटल उपाधि-Sutra News

४० अर्बमा टाटाले किन्यो आईपीएलको टाइटल उपाधि

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि अधिकार टाटा कम्पनीले किन्न सफल भएको छ । कम्पनीले २५ अर्ब भारु (४० अर्ब रुपैयाँ)मा पाँच वर्षका लागि आईपीएलको उपाधि खरिद गरेको हो ।



आईपीएलको एक सिजनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शीर्षक प्रयोजन स्वरुप टाटाबाट वार्षिक पाँच अर्ब भारु अर्थात ८ अर्ब नेपाली रुपैयाँ पाउने छ । यसअघि पनि आईपीएलको उपाधि अधिकार टाटासँग थियो । कम्पनीले सन् २०२२ मा सात अर्ब ३० करोड भारुमा ०२३ सम्मको अधिकार किनेको थियो ।

आदित्य बिर्ला समूहको पनि ४० अर्बको बोली

कम्पनीहरूले बीसीसीआईबाट टेण्डर कागजातहरू खरिद गरेपछि बोलपत्र गर्छन् । यसमा आदित्य बिर्ला समूहले पनि ४० अर्ब रुपैयाँको बोली लगाएको थियो ।

त्यसपछि बीसीसीआईले अघिल्लो प्रायोजक टाटालाई सोध्यो उक्त मूल्यको बोली लगाउन तयार छ ? भनेर सोधेको थियो । त्यसपछी टाटा समूहले उक्त रकम दिन तयार भएको थियो । बीसीसीआईले एक महिनाअघि आईपीएलको टाइटल राइट बेच्न टेण्डर जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट