विश्वमा सबैभन्दा धेरै माग हुने अमेरिकी डलर, शक्तिशाली मुद्रा कुन ?-Sutra News

विश्वमा सबैभन्दा धेरै माग हुने अमेरिकी डलर, शक्तिशाली मुद्रा कुन ?

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । हरेक देशको मुद्रा एकको पहिचान हो । विश्वमा अमेरिकी डलरको प्रभुत्व सबैभन्दा धेरै छ । तर, संसारको सबैभन्दा बलियो मुद्रा होइन ।



हालै फोर्ब्सले विश्वको शक्तिशाली मुद्राको सूची सार्वजनिक गरेको छ । यो सूचीमा कुवेती दिनार शीर्ष स्थानमा छ । योसँगै अमेरिकी डलर दशौँ स्थानमा छ ।

फोर्ब्सको प्रतिवेदनअनुसार बहराइनी दिनार र ओमानी रियाल विश्वको बलियो मुद्राको दोस्रो स्थानमा छन् ।

कसरी हुन्छ मुद्राको निर्धारण

कुनै पनि मुद्राको बलले उत्पादन गर्ने वस्तु र सेवाहरूको संख्याको मूल्याङ्कन गरेपछि निर्धारण गरिन्छ । यी सामानहरू राष्ट्रिय मुद्राको एकाइ र बदलामा विदेशी मुद्रामा खरिद गरिन्छ ।

यदि, तपाई एक अमेरिकी डलरमा कुनै वस्तु किन्दै हुनुहुन्छ भने कति रुपैयाँ तिर्नु पर्छ ? यसबाट तपाईले बुझ्नु हुनेछ कि तपाईको राष्ट्रिय मुद्राको तुलनामा विदेशी मुद्रा कति बलियो छ ।

कुवेती दिनार सन् १९६० बाट सञ्चालनमा आएको हो । यो लगातार विश्वको सबैभन्दा बलियो मुद्राको रूपमा दर्ज भइरहेको छ । फोर्ब्सको रिपोर्टअनुसार मध्यपूर्वको देशको तेल भण्डार र कर मुक्त प्रणालीका कारण कुवेती दिनार बलियो बनेको हो ।

आजको दर रेटअनुसार एक कुवेती दिनारको मूल्य ४३१ रुपैयाँ हुन आउँछ ।अमेरिकी डलरको व्यापार धेरै भए पनि फोर्ब्सको प्रतिवेदनअनुसार यो दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट