राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति-Sutra News

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडाैं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणी गौतम निर्विरोध चयन चयन भएका छन् । संस्थाको पाँचौं अधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।



संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई (सरगम), सहसचिवमा शिबराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ (गजरकोटे), करिस्मा केसी, बिनिता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल, गोपिकृष्ण चापागाई चयन भएका छन् ।

लोक गीत प्रसारण र लोक संस्कृतिका खोजमुलक सामग्री समेतको सचेतना लागि अहोरात्र खटिरहेका लोक सञ्चारकर्मीहरुको पवित्र संगठन राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ सालमा तत्कालिन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गोविन्द गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन भएको थियो ।

संस्थामकाे संस्थापकहरुमा उपाध्यक्ष गोविन्द रोस्यारा, सचिव सन्देश कुमार खड्का, कोषाध्यक्ष चन्द्रमणि गौतम र सदस्यहरुमा श्रीप्रसाद थापा, सूर्य बहादुर थापा, सुश्री सबुश्री तिवारी, गौरव बाबु पोखरेल र सुनिता दुलालको रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट