यी खानेकुराबाट टाढा रहनुहोस्, नत्र हुनसक्छ क्यान्सर-Sutra News

यी खानेकुराबाट टाढा रहनुहोस्, नत्र हुनसक्छ क्यान्सर

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

स्वास्थ्य विज्ञहरूका अनुसार हामीले दैनिक जीवनमा जे खान्छौं त्यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ ।



आज यस लेखको माध्यमबाट हामी तपाईलाई कस्ता कुरा खाँदा र पिउँदा क्यान्सरजस्ता रोगको जोखिम हुन्छ भन्ने कुरा बताउछौँ । क्यान्सर यस्तो घातक रोग हो कि यसको प्रारम्भिक लक्षण धेरै सामान्य हुन्छ त,र केही समयपछि यो गम्भीर हुन्छ।

प्रशोधित मासु

प्रशोधित मासु कोलोरेक्टल र पेटको क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको छ। यसमा नाइट्रेट र नाइट्राइट हुन्छ। जसका कारण प्रशोधित खाना खाँदा पेटमा र पाचन प्रक्रियामा नाइट्रोमाइन उत्पादन हुन्छ ।

स्वास्थ्य विज्ञहरू कम सोडियम वा नाइट्राइट भएको र नाइट्रेटरहित मासु खानुपर्ने बताउँछन् । मासु खाँदा सोडियम वा नाइट्राइट मात्रा ख्याल गर्नुपर्ने बताउँछन् ।

धेरै मिठाई नखानुहोस्

धेरै चिनी खाने वा पेय पदार्थ पिउनाले स्तन र पेटको क्यान्सरको जोखिम बढाउँछ। चिनीयुक्त खानेकुरा खाँदा मोटोपना बढ्छ र इन्सुलिनको मात्रा कम हुन्छ ।

जुन केही क्यान्सरका लागि जोखिम कारकहरू हुन्। रिफाइन्ड चिनी पनि स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

उच्च प्रशोधित खाना

प्रशोधित खानामा धेरै मात्रामा सोडियम, चिनी र अस्वास्थ्यकर बोसो हुन्छ जसले क्यान्सरको जोखिम बढाउँछ ।

भुटेको तरकारी

धेरै भुटेको तरकारी स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। उच्च तापक्रममा पकाएको खाना र अधिक तेलको प्रयोगले स्वास्थ्यमा फाइदाभन्दा बेफाइदा बढाउँछ । यो क्यान्सरको जोखिमसँग पनि सम्बन्धित रहेकाे विज्ञहरू बताउँछन् ।

रक्सी

अत्यधिक मदिरा सेवनले कोलोरेक्टल, स्तन, अन्ननलिका, प्यान्क्रियाटिक र कलेजोको क्यान्सरलगायत क्यान्सरको जोखिम पनि बढाउँछ। त्यसैले विज्ञहरू सकेसम्म रक्सी नपिउन सुझाउँछन् । साथै पिइहालेकाे खण्ड सकेसम्म धेरै पानी पिउन भनिएकाे छ । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि चिकित्सककाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट