उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष थाइको निधनमा पुगे किम-Sutra News

उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष थाइको निधनमा पुगे किम

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष चो थाइ बोकको शनिबार निधन भएको छ । सरकारी समाचार पत्र रोडोङ सिनमुनका अनुसार चोको हृदयाघातबाट निधन भएको हो ।



उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले संसद्का पूर्वअध्यक्ष चोको अन्त्येष्टि समारोहमा सहभागी भएका छन् । किमले आइतबार बिहानै सत्तारुढ वर्कर्स पार्टीका पदाधिकारीसहित चोको निवासमा पुगी अन्त्येष्टि समारोहमा सरिक भई ‘उनको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

“किम जोङ उनले वर्कर्स पाटी र सरकारी संयन्त्र विकासका लागि पवित्र संघर्षमा विशिष्ट उपलब्धि हासिल गर्ने चोप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भयो,” उत्तर कोरियाली नेताको आधिकारिक नामको संक्षिप्त रूप प्रयोग गर्दै विज्ञप्तिमा रोडोङ सिनमुन पत्रिकामा भनिएको छ ।

प्रतिवेदनमा चोलाई ‘राष्ट्रपति किम इल सुङ र अध्यक्ष किम जोङ इलप्रति वफादार क्रान्तिकारी योद्धा’ का रूपमा वर्णन गरिएको छ । सन् १९९८ मा सर्वोच्च पिपुल्स एसेम्बली (एसपीए)को अध्यक्षमा निर्वाचित भएका चोले सन् २०१९ मा अवकाश नपाउन्जेलसम्म उत्तर कोरियाको संसदमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने अध्यक्षका रुपमा चिनिन्छन् ।

जर्मन, रूसी र अंग्रेजी भाषामा निपुण चोले उत्तर कोरियाको तथ्यांकबारे अनुसन्धान र विश्लेषण गर्ने अनलाइन वेबसाइट एनके लिडरसिप वाचका अनुसार चोले नियमित रूपमा उत्तर कोरियाबाहिर भ्रमण गर्दै आएका थिए ।

वेबसाइटका अनुसार चोको किमकी शक्तिशाली काकी किम क्योङ हुईसँग घनिष्ठ सम्बन्ध थियो भने उनका पति जाङ सोङ थाइकलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो । सन् २०२२ को सेप्टेम्बर ९ मा उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा चोको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट