काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञावलीले वर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुुलुकका सबै अंगहरू फेल भइसकेकाले सरकार पूर्ण रुपमा असफल भएको बताए । उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहका लागि आन्दोलनमा जान लागेको बताए ।
उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए । उनले भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रुपमा असर पर्ने जिकीर गरे ।
नेता ज्ञवलीले बचतकर्ताको पैसा हिनामिना गर्ने सञ्चालकलाई कानूनी दायरामा ल्याउनु पर्ने बताए । उनले सहकारी पीडितहरूको पैसा सरकारले तिर्नु पर्छ भन्नु गैर जिम्मेवार कुरा भएको बताएका थिए ।