यी आयुर्वेदिक नियम पालना गरे मुटु रहनेछ स्वस्थ-Sutra News

यी आयुर्वेदिक नियम पालना गरे मुटु रहनेछ स्वस्थ

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

आजको व्यस्त जीवनशैली र खानपानको खराब बानीका कारण मुटुसम्बन्धी रोगहरू तीव्र गतिमा बढिरहेका छन् । फास्टफुड, बाहिरको खाना, मानसिक तनाव, कम निद्रा, शारीरिक परिश्रमको कमी जस्ता कारणले मुटुरोगका बिरामी बढ्दै गएका छन् ।



पहिले ६०–७० वर्षको उमेरमा देखिने रोग अहिले ३०–४० वर्षकै उमेरमा पनि सामान्य बन्दै गएको छ । कलिलो उमेरमा नै हृदयाघात, उच्च रक्तचाप, कोलेस्ट्रोल जस्ता समस्याले सताउने गरेको पाइन्छ ।

यस्तो अवस्थामा आयुर्वेदका केही नियमहरू अपनाएमा मुटुसम्बन्धी रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। थाहा पाउनुहाेस् कस्ता नियम पालना गर्ने ?

सन्तुलित आहार

सन्तुलित खानाले मुटुलाई स्वस्थ राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ । आयुर्वेदका अनुसार हामीले हाम्रो दैनिक आहारमा हरियो सागसब्जी, ताजा फलफूल, अनाज, दाल र मेवा जस्ता सबै प्रकारका पौष्टिक तत्वहरू समावेश गर्नुपर्छ।

यी सबै चीजमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ जुन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। साथै, अत्यधिक बोसो, नुन र चिनीको सेवन सीमित गर्नुपर्छ किनभने यिनीहरूले हृदय रोगको जोखिम बढाउन सक्छ।

व्यायाम र योग

मुटुलाई स्वस्थ राख्नको लागि नियमित शारीरिक गतिविधि र व्यायाम धेरै महत्त्वपूर्ण छ। आयुर्वेदमा पनि यो कुरालाई जोड दिइएको छ । दैनिक केही समय व्यायाम र योग गर्नाले मुटुको मांसपेशी बलियो हुन्छ ।

यसले धमनीहरूलाई सफा राख्न र रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ। जसका कारण सानै उमेरमा मुटु रोगको जोखिम कम हुन्छ । हिड्ने, दौडने, साइकल चलाउने, योग, प्राणायाम जस्ता गतिविधि मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसलाई दैनिक दिनचर्यामा समावेश गर्नुपर्छ।

तनाव नलिनुहाेस्

चिन्ता, डर, डिप्रेसन जस्ता भावनाहरूले मुटुको धड्कन छिटो बनाउँछ, जुन मुटुकाे लागि खतरनाक साबित हुन सक्छ।

तसर्थ, आयुर्वेदमा यी नकारात्मक भावनाहरूबाट बच्न र मानसिक शान्ति कायम राख्नमा जोड दिइएको छ। दैनिक ध्यान र योग गर्नाले मानसिक शान्ति प्राप्त हुन्छ। यसबाहेक परिवार र साथीभाइसँग सकारात्मक समय बिताउँदा पनि तनावलाई टाढा राख्छ। एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि चिकित्सककाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट