श्रीमतीको हत्या गरेका गुगलका सफ्टवेयर इञ्जिनियरको दृश्य देखेर प्रहरी छक्क-Sutra News

श्रीमतीको हत्या गरेका गुगलका सफ्टवेयर इञ्जिनियरको दृश्य देखेर प्रहरी छक्क

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । गुगलका एक सफ्टवेयर इञ्जिनियर क्यालिफोर्नियास्थित आफ्नो घरमा रगतमा भिजेको अवस्थामा फेला परे । उनीमाथि श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।



अधिकारीहरूका अनुसार घटनाबारे पुलिस कल्याण जाँचका लागि क्यालिफोर्नियाको सान्ता क्लारामा २७ वर्षीय इञ्जिनियर लिरेन चेनको घरमा प्रहरी पुगेको थियो । चेनको घर सिलिकन भ्यालीमा गुगलको मुख्यालयबाट केही माइल टाढा रहेको छ ।

फक्स न्यूज डिजिटलका अनुसार चेन र उनकी श्रीमती जुआनी यु गुगलका कर्मचारी थिए । घटनापछि चेनका एक आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै चेनको घरमा प्रहरी पुगेको थियो ।

फक्स न्युजका अनुसार प्रहरी पुग्दा चेन आफ्नी मृतक श्रीमतीको नजिकै बसिरहेका थिए । अधिकारीहरूले चेनको टाउकोमा गम्भीर चोट लागेको बताएका छन् ।

घटनाको अनुसन्धान गर्नुपूर्व चेनलाई हत्याको आरोप लगाइएको छ । उनी दोषी ठहरिए जेल सजाय भोग्नु पर्दछ ।

गुगलका प्रवक्ता बेली टमसनले फक्स न्युज डिजिटललाई दिएको विज्ञप्तिमा भनिन्, “जुआनीलाई के भयो त्यसबाट हामी स्तब्ध र गहिरो दुःखी छौँ ।”

यु र चेनको भेट चीनको सिङ्गुआ विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय स्यान डिएगोमा अध्ययन गरिरहँदा भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट