रविसमेत सहभागि प्रकरणको फाइलमाथि सीआईबीले सुरु गर्‍यो अनुसन्धान-Sutra News

रविसमेत सहभागि प्रकरणको फाइलमाथि सीआईबीले सुरु गर्‍यो अनुसन्धान

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसमेत सहभागि भएको सहकारीको रकम हिनामिना प्रकरणमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । सहकारी प्रकरणमा परेका उजुरीलाई एकत्रित गरी सीआईबीले अनुसन्धान सुरु गरेको हो ।



ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीले उजुरी परेका सबै जिल्ला प्रहरी कार्यालयबाट फाइल मागिएको बताए । उनले जारी अनुसन्धानको अवस्थाबारे भने बताएका छैनन् । बताइएअनुसार प्राप्त फाइलमाथि एक हप्तादेखि नै अनुसन्धान सुरु भइसकेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, चितवनको साहारा सहकारीलगायतमा ठूलो रकम हिनामिना भएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको मात्रै एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना भएको छ ।

सूर्यदर्शन सहकारीमा भएको रकम हिनामिनाको घटनामा पीडितहरु अदालतसम्म पुगेका छन् । जुन घटनामा केही पक्राउ परेका छन् भने राईसहित केही फरार छन् ।

उल्लेखित प्रकरणहरुमा लामिछाने पनि जोडिएका छन् । फरार राई र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्क खडा गरिएको थियो । जसले ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गरेको थियो ।

यसअघि यही प्रकरणमाथि छानबिन गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको थियो । सामाजिक अभियन्ता युवराज पौडेल सफलले उजुरी दिएका थिए ।

सम्बन्धित समाचार

https://sutranews.com/202151/2024/21/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट