आईसीसी यू-१९ विश्वकप : नेपाललाई न्युजिल्याण्डले दियो ३०३ रनको लक्ष्य-Sutra News

आईसीसी यू-१९ विश्वकप : नेपाललाई न्युजिल्याण्डले दियो ३०३ रनको लक्ष्य

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गतको खेलमा नेपाललाई न्युजिल्याण्डले ३०३ रनको लक्ष्य दिएको छ ।



पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०२ रन बनाएको हो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डी १४७ रन बनाएर अविजित रहे । कप्तान ओस्कर ज्याक्सनले ७५ रन जोडे ।

६७ रनमा तीन विकेट गुमाएर कमजोर अवस्थामा रहेको न्युजिल्याण्डको टोलीमा ज्याक्सन र रेड्डीले शानदार योगफल जोडे ।

नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कँडेल, आकाश त्रिपाटी र तिलक भण्डारीले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट