आइएमई पे एपमा ‘एक रुपैयाँको खेल’-Sutra News

आइएमई पे एपमा ‘एक रुपैयाँको खेल’

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक एक रुपैयाँको को खेल सार्वजनिक गरेको छ ।



यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाईलसँग आबद्ध भई एक रुपैयाँको खेल शुरु गरेको जनाएको छ ।

साथै खेलको उपहारस्वरुप १० वटा अल्टिमाका प्रडक्टहरु राखिएका छन् । आइएमई पे एपका प्रयोगकर्ताले एक रुपैयाँमा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

साथै अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट– अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेमार्फत् खरिदमा छुट दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट