गोली चल्दा पाँच जनाको मृत्यु-Sutra News

गोली चल्दा पाँच जनाको मृत्यु

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । श्रीलंकाको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोली काण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेञ्ज नजिकै उक्त घटना भएको जानकारी दिएका छन् । चार जनाको घटना स्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको उनको भनाइ थियो ।

उक्त घटना लीबारी स्थानीय समयअनुसार बिहान ७ः४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमा गोली चलाउँदा घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सो गोली प्रहार संगठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ । श्रीलंकाले डिसेम्बर १७ देखि लागु औषध ओसारपसार र संगठित आपराधिक गतिविधिलाई रोक्नका लागि अभियान विशेष शुरु गरेको छ ।

उक्त अभियानमा गत हप्तासम्म ४० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट