बागमतीसँग सात विकेटले कर्णाली पराजित-Sutra News

बागमतीसँग सात विकेटले कर्णाली पराजित

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । कर्णाली प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।



कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे ।

त्यस्तै, रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ रन बनाए । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।

यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अंक जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक–एक विकेट लिए । यो हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोड्दै सातौँमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट