‘धोकेबाज’की गायिका एलिनामाथि धोका, विष्णुसँग ‘ब्रकेअप’ !-Sutra News

‘धोकेबाज’की गायिका एलिनामाथि धोका, विष्णुसँग ‘ब्रकेअप’ !

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । पछिल्लो समयकी चल्तीमा रहेकी गायिका हुन्, एलिना चौहान । हरेक कार्यक्रममा ‘धोकेबाज हौ तिमी’ गीत गाएर दर्शकलाई रुवाउने उनी आफैले धोका पाएकी छन् ।



‘धोकेबाज गायिका’को उपमा पाएकी एलिनाले प्रेमी विष्णु सापकोटाबाट धोका खाएकी हुन् । अष्ट्रेलियामा बस्दै आएका एलिना र विष्णुबीच एक वर्षअघि प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । उनीहरू आफैले प्रेम जीवनबारे जानकारी गराएका थिए ।

गत वर्षको तिजको सांगीतिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी एलिनाले विष्णुलाई भेटेकी थिइन् । यसको केही समयपछि मिडियामा उनीहरूबीचको प्रेम सम्बन्धबारे समाचार आएको थियो । यो कुरालाई उनीहरू आफैले पुष्टीसमेत गरे ।

प्रेम सम्बन्ध सार्वजनिक भएसँगै उनीहरू फेसबुक लाइभमा सँगै आएर प्रेम भाव प्रस्तुत गर्दै आएका थिए । निकट स्रोतका अनुसार अहिले उनीहरूको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको हो ।

स्रोतका अनुसार विष्णुले एलिनालाई मानसिक तनाव दिँदै आएका थिए । यस्तै, चरित्रमाथि प्रश्न उठाउन थालेपछि एलिना हैरान बनेकी थिइन् । यसैबीच एलिनाले सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी हुन् । योसँगै एलिनाले आफ्नो सामाजिक सञ्जालमा प्रेम सम्बन्ध टुंगिएको भाव प्रकट हुने गीतका ‘क्लिप’ पोस्ट गरेकी छन् ।

स्रोतका अनुसार चर्चामा रहेकी दुई मोडलले विष्णुलाई ‘भिनाजु’ सम्बोधन गरेर बोलाउने गर्थे । एलिना र विष्णु प्रेम सम्बन्धमा हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सँगै भेट्न पुगेका थिए ।

विष्णु लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । उनी गीत आफै गीत गाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट