नेप्से परिसूचकमा ओरोलो यात्रा जारी-Sutra News

नेप्से परिसूचकमा ओरोलो यात्रा जारी

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३१ दशमलव ४९ अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।



सोमबार ३०७ कम्पनीको एक करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर एक लाख ५० हजार ५४३ पटक खरिद बिक्री हुँदा छ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज व्यापार समूहको उपसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव २४ प्रतिशतले घेटेको छ ।

अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३३ प्रतिशत रहेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७८ करोड ६३ लाख ८३ हजार ४९२ बराबरको ११ लाख ९७ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट