काठमाडौं । चीनको दक्षिण पश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित दुई सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।
यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।