लक्ष्मी सनराइज बैंकले शुरू गर्‍यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा-Sutra News

लक्ष्मी सनराइज बैंकले शुरू गर्‍यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । ​​​नेप्स र भिसाको सहायक संस्था साइबर सोर्ससँगको सहकार्यमा विकास गरिएको योसँगै नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक बनेको छ ।



यस सेवाको संचालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकमहानुभावहरूले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरूको निम्ति ग्राहकमार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन बैंकले जनाएको छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापीरुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहज रुपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यसले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स र बैंकको रहेको छ । लक्ष्मी सनराइज बैंकले देशभर दुइ सय ६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , तीन सय २८ एटीएम, एक सय ४१ शाखारहित बैंकिङ र पाँच हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवा प्रधान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट