भारतकाे यूपीको अमरोहाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ मोबाइलमा कार्टुन हेर्दै आएकी पाँच वर्षीया बालिकालाई हृदयघात भएर मृत्यु भएको छ ।
यो घटना यूपीको अमरोहाको हसनपुर कोतवाली क्षेत्रको हाठीखेडा गाउँको हो । जहाँ ५ वर्षीया कामिनीको हृदयघातका कारण मृत्यु भएको थियो ।
यस्तो अवस्थामा हामी तपाईलाई बताउछौं, कुन उमेरमा हृदयाघातको खतरा बढी हुन्छ ।
हृदयघातको सम्बन्ध रहेन उमेरसँग
युवाहरु समेत हृदयघातको सिकार बन्न थालेका छन् । वास्तवमा, सबैभन्दा सामान्य कारण कोरोनरी धमनी रोग हो, जुन तब हुन्छ जब कोरोनरी धमनीहरू बोसो र अन्य पदार्थहरूले अवरुद्ध हुन पुग्छन् ।
कतिपय बालबालिका मुटुरोग लिएर जन्मिएका हुन्छन्, जसले गर्दा हृदयघात हुनसक्छ ।
यसबाहेक व्यस्त जीवनमा उच्च रक्तचाप, मधुमेह, कमजोर लिपिड प्रोफाईल र तौल र कोलेस्ट्रोलको वृद्धिका कारण हृदयाघातका घटनाहरु तिव्र गतिमा बढ्दै गएका छन् र युवाहरुलाई समेत यसको सिकार बनाउँदै गएको छ ।
यति मात्र होइन, केही समयअघि विद्यालयमा एक बालकलाई हृदयघात भएको थियो र अहिले यूपीको अमरोहामा ५ वर्षीया बालिकाको हृदयघात भएपछि जुनसुकै उमेरका मानिसलाई पनि हृदयघात हुनसक्ने प्रमाणित भएको छ ।
यसरी आफ्नो ध्यान राख्नुहाेला
यदि तपाइँ ३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ र छाती दुखाइ छ भने, सबैभन्दा पहिले तपाइँ एक विशेषज्ञलाई देखाउन आवश्यक छ।
यस बाहेक हामीले आफ्नो दिनचर्यामा केही परिवर्तन गर्न आवश्यक छ । हामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ र विशेषगरी बालबालिकामा यो रोगको अलिकति पनि जोखिम देखिएमा उनीहरूलाई स्वस्थ आहार दिनुपर्छ ।
वृद्धवृद्धाहरूले आफ्नो जीवनशैली, खाना र कसरतमा ध्यान दिनु आवश्यक छ। विशेषगरी जाडो मौसममा वृद्धवृद्धा र बालबालिकाको विशेष ख्याल राख्नुहोस्।
छोराछोरीलाई पढाइ वा अन्य कुनै कुरामा तनाव वा दबाब दिन नदिन विशेष ध्यान दिनुहोला । एजेन्सीबाट