काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
गत माघ ८ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश पारित नगर्ने निर्णय गरेको हो ।
बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।