काठमाडौं । मंगलबार शेयर बजार झिनो अंकले गिरावट भएको छ । बजार ०.४० अंकले गिरावट हुँदै २०९८.२९ अंकमा कायम छ । योसँगै लगातार पाँचौ दिन बजारमा गिरावट आएको हो ।
मंगलबार चार अर्ब २९ करोडको कारोबार हुँदा कूल १०३ कम्पनीको मूल्य बढेको थियो । यस्तै, १३७ कम्पनीको मूल्यमा गिरावट आएको थियो भने ८ को स्थिर रह्यो ।
आज होटल तथा पर्यटन समूहमा चमक देखिएको छ । यो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत वृद्धि हुँदा अन्य समूहमा गिरावट आएको थियो ।
यस्तै, चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप र सोनापुर मिनरल्स अगाडि रहे ।