स्याउ खाँदाको गम्भिर असर- तपाईंले गल्ती त गरिरहनु भएको छैन ?-Sutra News

स्याउ खाँदाको गम्भिर असर- तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । स्याउ खाँदा स्वास्थ्यमा के-कस्ता फाइदा हुन्छ ? तपाईंले धेरै पटक सुन्नु र पढ्नु भएको होला ।



के तपाईंलाई स्याउ खाँदा हुने क्षतिबारे थाहा छ ? पोषक तत्वले भरिपूर्ण यो फलले तपाईंलाई गम्भीर हानी त गरिरहेको छैन ?

स्याउ सर्वगुणी फल हो । यसमा कुनै दुई मत छैन । यसमा पोटासियम, फाइबर, आइरन र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । यदि, स्याउ बढी सेवन गरियो भने यो स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ । यस्ता छन् स्याउ खाँदा हुने बेफाइदाहरू :

पाचनका लागि खराब

धेरै स्याउ खाँदा पाचन प्रक्रिया बिग्रन्छ । यसमा फाइबर प्रचुर मात्रामा पाइने हुनाले अत्याधिक स्याउ खानाले पेटको समस्या हुन सक्छ । जसका कारण पेट दुख्ने जस्ता समस्याको सामना गर्नु पर्ने हुन्छ ।

विशेषज्ञहरूका अनुसार मानव शरीरलाई दिनमा २०–४० ग्राम फाइबर मात्र चाहिन्छ । यो मात्रा उमेरअनुसार बढी वा कम हुन सक्छ । तर, दिनमा ७० ग्रामभन्दा बढी फाइबर लिँदा पेटमा समस्या आउन सक्छ ।

रगतमा चिनीको मात्रा बढ्ने

स्याउमा पोटासियम, फाइबर, आइरन, कार्बोहाइड्रेट र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । यसका कारण स्याउ अत्यधिक मात्रामा सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्ने हुन्छ । त्यसैले धेरै खानु स्वास्थ्यका लागि राम्रो होइन ।

एलर्जी समस्या

एक अध्ययनअनुसार स्याउमा कीटनाशक तत्व पाइन्छ । यसमा डिफेनिलामाइन नामक रासायनिक कम्पाउण्ड हुन्छ । जसलाई युरोपेली संघले प्रतिबन्ध लगाएको छ । सरल शब्दमा भन्दा धेरै स्याउ खाँदा शरीरमा यो रसायनको जोखिम बढ्छ । त्यसैले तिनीहरूलाई धेरै खानु हुँदैन ।

दाँतमा असर पुग्ने

स्याउमा सोडाभन्दा बढी अम्लिय हुन्छ । त्यसैले डाक्टरहरूले दाँत पछाडि राखेर खाने सल्लाह दिन्छन् । यस्तो अवस्थामा स्याउ धेरै मात्रामा खाँदा दाँतमा हानी पुग्न सक्छ । जुन दाँतको स्वास्थ्यका लागि राम्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट