काठमाडौं । मधेस सरकारबाट सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ । मधेसका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएसँगै पार्टी बाहिरिएको हो ।
मंगलबार जनमतको मधेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
मधेसमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।