जापानसँग साढे ३४ अर्ब येन लिन सरकारले वार्ता टोली गठन गर्ने-Sutra News

जापानसँग साढे ३४ अर्ब येन लिन सरकारले वार्ता टोली गठन गर्ने

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । सरकारले जापान सरकारसँग प्रस्तावित ३४ अर्बभन्दा बढी जापानी येन सहायतासम्बन्धी प्रस्तावबारे छलफल गर्न वार्ता टोली गठन गर्ने भएको छ ।



सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् । जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेण्ट प्रोजेक्ट कार्यान्वयनका लागि ३४ अर्ब ४९ करोड जापानी येन सहायता गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एण्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट