संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी-Sutra News

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेसँग संघीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराएका छन् ।



मंगलबारको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसद्को दुवै सदनको अधिवेशन माघ २२ गते दिउँसो ४ बजे आह्वान गर्ने तयारी भएको छ । आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट