जाडाेमा रक्सी पिउँदा सबैभन्दा बढी हृदयाघातकाे जाेखिम !-Sutra News

जाडाेमा रक्सी पिउँदा सबैभन्दा बढी हृदयाघातकाे जाेखिम !

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०

जाडाे माैसममा चिसाे भगाउन भन्दै मानिसहरू रक्सी पिउने गर्दछन् । रक्सी पिउनाले शरीरलाई तातो बनाउने भन्ने उनीहरूकाे विश्वास छ। यस्तो अवस्थामा मानिसहरू चिसो मौसममा बढी रक्सी सेवन गर्न थाल्छन्।



तर, यो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ। यदि तपाई पनि जाडोमा अत्याधिक मदिरा सेवन गर्दै हुनुहुन्छ भने तपाई सजग हुन जरुरी छ, किनकी यो सिजनमा अत्याधिक रक्सी पिउनाले हृदयाघातको खतरा बढ्छ ।

जाडोमा अत्याधिक रक्सी पिउनाले मुटुको लागि खतरा

मदिरा पिउँदा शरीरलाई ताताे हुने हाेइन, थप चिसाे हुने स्वास्थ्य विज्ञहरूकाे तर्क छ । तापक्रम घट्दा शरीरका रक्तनलीहरू खुम्चिन्छ र रक्तचाप बढ्न थाल्छ । जसका कारण हृदयाघातको जोखिम बढ्ने विज्ञहरूकाे भनाइ छ ।

यति मात्र होइन, जाडोमा अत्याधिक रक्सी पिउँदा रगत जम्ने र प्लाक फुट्ने खतरा बढ्छ । प्लाक फुट्नु र रगत जम्नुलाई हृदयघातको कारण मानिन्छ।

जाडोमा हृदयघातबाट बच्न अपनाउनुहोस् यी काम

जाडोमा मदिरा पिउनाले केही समयका लागि शरीर तातो हुन्छ तर, केही समयपछि शरीर पूरै चिसो हुने भएकाले हृदयाघातको जोखिम बढ्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । त्यसैले जाडोमा रक्सी पिउनु हुँदैन ।

विशेषगरी उच्च रक्तचाप भएका र मुटुका रोगीहरू यो मौसममा मदिराबाट टाढा नै रहनुपर्छ । वृद्धवृद्धाहरूले पनि जाडो मौसममा आफ्नो शरीरको विशेष ख्याल गर्नुपर्छ।

जाडोमा हृदयाघातको जोखिमबाट बच्न शरीरलाई न्यानो कपडाले छोप्नुपर्छ । चिसो पानीको सट्टा तातो वा मनतातो पानी पिउनुपर्छ । रक्तचाप सामान्य राख्न प्रयास गर्नुपर्छ। वृद्धवृद्धाले समयमै औषधि खानुपर्छ । यसका साथसाथै तनावबाट बच्नुपर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट