ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते-Sutra News

ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०

काठमाडौं । मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।



मंगोलियन राष्ट्रिय आपत कालीन व्यवस्थापन निकाय (नेमा)ले आफ्नो वेबसाइटमार्फत, ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपत कालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो । एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचारसहितको हेरचाह भइरहेको छ ।

घटना स्थलमा उद्धार टोली पठाई आगो निभाएको आपत कालीन व्यवस्थापन निकायले जनाएको छ । आपत कालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरले आगलागी भएको स्थानमा दुई वटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट