राष्ट्रपतिद्वारा संघीय संसदको बैठक आह्वान-Sutra News

राष्ट्रपतिद्वारा संघीय संसदको बैठक आह्वान

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।



नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट