नेपालले पाकिस्तानलाई दियो मध्यम स्कोरको लक्ष्य-Sutra News

नेपालले पाकिस्तानलाई दियो मध्यम स्कोरको लक्ष्य

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो ।



नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । अन्य ब्याटरले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर अहमद हसनले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमा आउट गर्दै सुरुवातमा दबाबमा राखेका थिए ।

कप्तान देव खनाल र विपिनले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गरे । उनी क्याच आउट भएपछि नेपाल खेलमा फसेको थियो ।

तल्लो क्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।

पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट