चिसाेमा दमका राेगीले ध्यान दिनैपर्ने कुरा-Sutra News

चिसाेमा दमका राेगीले ध्यान दिनैपर्ने कुरा

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०

जाडो मौसम तपाईको स्वास्थ्यको लागि धेरै हिसाबले चुनौतीपूर्ण हुन सक्छ। बालबालिका, वृद्धवृद्धा र केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिले चिसोबाट आफूलाई जोगाउन निकै जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।



घट्दो तापक्रमले रक्तचाप, सुगर, मुटुसम्बन्धी रोग र श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूलाई समस्या बढाउन सक्छ। यही कारणले गर्दा यो मौसममा मानिसहरु बढी बिरामी पर्छन् । यस्तो अवस्थामा तपाईलाई पनि यस्तो समस्या छ भने सावधानी अपनाउन जरुरी छ ।

जाडो मौसमले दम, ब्रोन्काइटिस वा निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित व्यक्तिहरूमा थप समस्या बढाउन सक्छ। हावामा सुख्खापन र चिसोका कारण श्वासप्रश्वास प्रणालीमा समस्या हुने खतरा पनि रहन्छ । जानीराखौं श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूलाई चिसो मौसमले कत्तिको समस्या दिन्छ र यसबाट बच्न के-के कुरामा ध्यान दिनुपर्छ?

चिसो मौसममा दमको समस्या

स्वास्थ्य विज्ञहरू दमका बिरामीहरू स्वंयले के-के कुराले समस्या निम्त्याउन भनेर जान्नु अावश्यक भएकाे बताउँछन् । कारण पहिचान गरिएमा उपचार सहज हुने विज्ञहरूकाे तर्क छ ।

विशेषगरी दमका बिरामीमा वातावरणीय परिवर्तन र धुलाे वा धुँवाले बढी समस्या निम्त्याउँछ ।

मौसममा परिवर्तनसँगै हावामा हुने सुख्खापनले श्वासनलीमा जलन उत्पन्न हुने, श्वासनलीको भित्र घाउ हुने समस्या देखिने विज्ञहरू बताउँछन् ।

यस्ताे अवस्थामा बिरामीलाई छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र घरघराहट हुने जस्ता समस्या हुन थाल्छ । जसले दमका राेगीलाई थप समस्या बढाउँछ । राेगलाई जटिल बनाउँछ ।

साथै, जाडो महिनामा सामान्यतयाः श्वासप्रश्वासका भाइरसहरूमा वृद्धि हुन्छन् । जुन दमका बिरामीहरूको लागि चुनाैतिका विषय हुन् ।

यो मौसममा फ्लु, रुघाखोकी र कोभिड–१९ जस्ता संक्रमणका कारण दमका बिरामीको समस्या अझ बढ्न सक्छ । अध्ययनहरूले के देखाउँछ भने भाइरल संक्रमणले जाडो महिनाहरूमा दमको जोखिम ६० देखि ७० प्रतिशतसम्म बढाउन सक्छ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस्

जाडोमा दमका राेगीलाई घरभित्रको प्रदूषण पनि निकै खतरनाक हुने विज्ञहरू बताउँछन् । घरभित्रकाे धुलाे र धुँवाले थप समस्या बढाउने गरेकाे विज्ञहरूकाे भनाइ छ ।

खाना पकाउने, सरसफाइ गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने विज्ञहरूकाे सुझाव छ ।

साथै, घरबाट बाहिर निस्कँदा पनि बाहिरी धुलाे धुँवाबाट बच्नु अनिवार्य भएकाे विज्ञहरू बताउँछन् । विशेषगरी दमका राेगीहरूले चिसाेजन्य खानेकुरा खान नहुने विज्ञहरूकाे सुझाव छ । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि चिकित्सककाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट