आगलागीमा परी ३९ जनाको मृत्यु, नौ जना घाइते-Sutra News

आगलागीमा परी ३९ जनाको मृत्यु, नौ जना घाइते

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइतेको उपचार भइरहेको सरकारी मिडियाले बताएको छ ।



मुलुकको सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्, अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।”

रिपोर्टमा आगो लाग्नुको सटिक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनामा ‘दृढ नियन्त्रण’को आह्वान गरे ।

घटनास्थलको सीसीटीभीले जारी गरेको भिडिओ फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपतकालीन सवारी सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमाण्ड आगलागी भएपछि स्थानीय अधिकारीहरूले स्थापना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट