सडक दुर्घटनामा मन्त्रीसहित दुईको मृत्यु-Sutra News

सडक दुर्घटनामा मन्त्रीसहित दुईको मृत्यु

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । कोलम्बो-काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलंकाका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको छ ।



प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग ठक्कर खाएर दुर्घटनाग्रस्त भएको हो ।

राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भइकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडी चालकको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट