सातौँ दिन पनि घट्यो शेयर बजार-Sutra News

सातौँ दिन पनि घट्यो शेयर बजार

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करिब ४ अंकले गिरावट आएको छ । बिहीबार बढेर सुरु भएको कारोबार अन्तिम अवस्थामा घटेरै बन्द भएको हो ।



योसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको छ । यस क्रममा तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको मूल्य घटेको छ । आज १५ वटा कम्पनीको मूल्य स्थिर भए । यस क्रममा सामलिङ पावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

पछिल्लो समय निरन्तर बजार परिसूचक घट्दै आएको छ । पछिल्लो सात दिनसम्म नेप्सेमा गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट