गण्डकीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी-Sutra News

गण्डकीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बनेका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र मनरुपा शर्मा विजयी भएका हुन् ।



कांग्रेसका श्रेष्ठ अन्यतर्फबाट उम्मेदवार बनेका परियार अपांगता/अल्पसंख्यकतर्फबाट उम्मेदवार बनेका थिए । यस्तै, माओवादी केन्द्रकी शर्मा महिलातर्फबाट उम्मेदवार बनेकी थिइन् ।

मतपरिणामअनुसार श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । यस्तै, परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।

यस्तै, शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।

गण्डकीमा कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट