कोशीमा सत्ता गठबन्धनकै २ प्रदेश सांसदले दिएनन् सिटौलालाई भोट-Sutra News

कोशीमा सत्ता गठबन्धनकै २ प्रदेश सांसदले दिएनन् सिटौलालाई भोट

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडाैं । कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् ।



९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा कांग्रेसका सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

दुई जना प्रदेश सभा सांसदले सिटौलालाई मत नदिएर एमाले-राप्रपा गठबन्धनलाई भोट दिएका छन्।

जससँगै मतगणनामा सिटौलाभन्दा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेल अगाडि छन्।

अहिले स्थानीय तहका मतदाताको मत गणना भइरहेको छ।

यसअघि महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भइसकेकी छिन् । ५ हजार ८६ मत प्राप्त गर्दै काेइराला विजयी हुँदा उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट