अमेरिकी सेनामा महिला कमाण्डरले गरे पुरुष सहकर्मीको यौन शोषण, घटना लुकाउन दबाब-Sutra News

अमेरिकी सेनामा महिला कमाण्डरले गरे पुरुष सहकर्मीको यौन शोषण, घटना लुकाउन दबाब

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । अमेरिकी सेनाको महिला कमाण्डर कर्नेल मेगन सुलिभानलाई बर्खास्त गरिएको छ । उनी आफूभन्दा तल्लो तहका पुरुष सेनाका अधिकारीलाई यौन शोषण गरेको आरोपमा दोषी पाइएपछि बर्खास्त गरिएको हो ।



मेगनविरुद्ध केही महिनादेखि अनुसन्धान चलिरहेको थियो । सेनासँग सम्बन्धित मामिलामा निगरानी राख्ने वेबसाइट ‘मिलिटरी डट ​​कम’ले यस सम्बन्धमा प्रतिवेदन प्रकाशित गरेको छ ।

मेगन पाँचौँ ब्रिगेडियर इञ्जिनियर बटालियनमा तैनाथ थिइन् । इकाई संयुक्त आधार लुइस-मकोर्डमा राखिएको छ । यो बेस वाशिङ्गटन राज्यमा पर्छ ।

समाचारका अनुसार मेगनको कोर्ट मार्शल हुन्छ कि हुँदैन ? भन्ने तस्बिर स्पष्ट भइसकेको छैन । नियमअनुसार उनलाई कोर्ट मार्सल गर्न सकिन्छ । यद्यपि, सेनाले भने यसबारे केही बोलेको छैन ।

धेरै अमेरिकी मिडिया रिपोर्टहरूमा मेगनलाई एक समस्या ग्रस्त अधिकारीको रूपमा उल्लेख गरिएको छ । उनी पहिलोपटक २०२१ मा चर्चामा आएकी थिइन् । जब पहिलो पटक महिलालाई सेक्युरिटी फोर्स असिस्टेन्स ब्रिगेड (एसएफएबी)को कमाण्ड दिइएको थियो । यो युनिटले विदेशी सैनिकलाई पनि तालिम दिन्छ ।

रिपोर्टका अनुसार पेन्टागन र अमेरिकी सेनाले मेगनको केस लुकाएर राख्न चाहन्थे । यसमा उनी केही हदसम्म सफल भइन् । यो कुरा अक्टोबर २०२३ मा प्रकाशमा आएको बताइएको छ ।

केही कनिष्ठ अधिकारीहरूले मेगनको बारेमा गुनासो गरेका थिए । त्यसपछि सेनाले आन्तरिक छानबिन सुरु गरेको थियो । मेगनमाथि लगाइएका आरोपहरू साँचो ठहर भएपछि उनलाई पदबाट हटाइएको छ । तर, यसलाई पनि दबाउन खोजिएको छ ।

रिपोर्टका अनुसार मेगनले कतिपय अवस्थामा रक्सीको नशामा बसेर घटना गरेकी छन् । यसबारे मेगनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट