काठमाडौं । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमतीबाट सत्ता गठबन्धनतर्फका चारै जना उम्मेदवार विजयी भएका छन् ।
हेटौँडामा सम्पन्न मत गणनाअनुसार गठबन्धबाट नेपाली कांग्रेसका दुई, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका एक–एक जना उम्मेदवार विजयी भएका हुन् ।
विजयी हुनेमा कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी छन् । माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल पनि विजयी भएका छन् ।