दुई दिनदेखि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?-Sutra News

दुई दिनदेखि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १२ माघ २०८०

शुक्रबार, १२ माघ २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य केही दिनदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि बिहीबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।



महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार करिब यो साताभर नै सुनको मूल्यमा खासै घटबढ भएन । अघिल्लो शुक्रबारको तुलनामा आइतबार ४ सय रुपैयाँले मूल्य बढेपनि त्यसयता सुनको मूल्यमा खासै घटबढ हुन सकेन ।

बुधबारसम्म नै सुनको मूल्य स्थिर रह्यो । तर, बिहीबार भने पुनः ४ सय रुपैयाँले सुनको मूल्य बढ्यो । यद्यपि, सुनको मूल्य आइतबारकै तुलनामा पुगेको छ ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य पनि शुक्रबार स्थिर छ । यद्यपि, यो साताभर भने चाँदीको मूल्यमा ३० रुपैयाँले घटबढ भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट