उड्न लागेको जहाजको ढोका खोलेर पखेटामा चढे यात्रु, सहयात्रीहरूले गरे समर्थन-Sutra News

उड्न लागेको जहाजको ढोका खोलेर पखेटामा चढे यात्रु, सहयात्रीहरूले गरे समर्थन

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । ग्वाटेमाला सिटीका लागि एरोमेक्सिको उडानमा सवार एक यात्रुले विमानको आपत कालीन गेट खोलेर विमानको पखेटामा चढेका छन् । मेक्सिको सिटी इन्टरनेशनल एयरपोर्टमा भएको यो घटनाले यात्रुको सुरक्षामा प्रश्न उठाएको छ ।



घटनापछि ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको विमानस्थलले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । यद्यपि, अन्य यात्रुहरूले उक्त व्यक्तिको व्यवहारलाई समर्थन गरेका छन् ।

“हिजो (शुक्रबार), ग्वाटेमालाको उडानमा एक यात्रुले विमानको आपत कालीन ढोका खोल्यो र विमानको पखेटामा चढ्यो,” एयरपोर्टले एक विज्ञप्तिमा भन्यो ।

त्यसपछि ती व्यक्ति कसैलाई प्रभावित नगरी विमानमा फर्किए । विमान पार्क गरिएको थियो । अन्तर्राष्ट्रिय सुरक्षा नियमअनुसार ती व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

ग्वाटेमालाका लागि एरोमेक्सिको उडानमा सवार कम्तिमा ७७ यात्रुहरूले नोटबुक पेपरमा हातले लेखिएको बयानमा हस्ताक्षर गरेर ती व्यक्तिको कार्यलाई समर्थन गरेका छन् । जसका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “ढिलाइ र हावाको अभावले यात्रुहरूको स्वास्थ्य जोखिममा पर्ने अवस्था सिर्जना भएको थियो, त्यो व्यक्तिले हाम्रो ज्यान बचायो ।”

एएम ६७२ जहाजको उडानमा चार घण्टा ५६ मिनेट ढिलो भएको थियो । भाइरल भइरहेको उक्त भिडिओमा यात्रुहरूले आफूलाई हावाका लागि हम्किँदै उडान परिचारकसँग पानी मागेको देखिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट