एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट-Sutra News

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् ।



ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा शनिबार भएको भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनु पर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए ।

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट