प्रचण्डको प्रश्न : १७ हजार प्लस २ भनेर एउटा मान्छे उभिएको छ, हामीले प्रतिवाद नगर्ने ?-Sutra News

प्रचण्डको प्रश्न : १७ हजार प्लस २ भनेर एउटा मान्छे उभिएको छ, हामीले प्रतिवाद नगर्ने ?

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाएको भन्दै आक्रोश पोखेका छन् । उनले यस्तो अवस्थामा सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको आलोचना गरे ।



शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेप्रति प्रतिवाद गर्नु पर्ने अवस्था आएको बताए ।

‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ, तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ, १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ, तर हामीले प्रतिवाद नगर्ने ? कोही नलेख्ने, कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौं हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौं ? हाम्रा महान शहीदको सहन सक्दैनौँ भनेर मुठी उठाएर बोल्न किन आँट आएन ? किन जोस आएन ? हाम्रा १० हजार राष्ट्रिय महान् शहीद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ ? हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा अब यसबारे प्रस्ताव लैजाने बताउँदै चाँडै संक्रमण कालीन न्यायसम्बन्धी विधेयक सदनबाट पारित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट