ग्यास ट्यांकर विस्फोट हुँदा चार जनाको मृत्यु-Sutra News

ग्यास ट्यांकर विस्फोट हुँदा चार जनाको मृत्यु

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । मंगोलियाको राजधानीमा भएको ग्यास ट्यांकर विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले जनाएको छ ।



दुर्भाग्यपूर्ण विस्फोटका कारण शरीरको ८०–९० प्रतिशतभन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।

करिब ६० टन ग्यास बोकेको एउटा ट्यांकर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ । केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश जनाभन्दा बढी घाइते भएका छन् ।

विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपत कालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट