मेष र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

आज मिति २०८० साल माघ १४ गते आइतबार । तदनुसार जनवरी २८ तारिख २०२४ । माघ कृष्ण पक्ष तृतिया तिथि । बिहान ६ बजेर ५२ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४० मिनेटमा अस्ताउने छ ।



मेष

सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

वृष

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।

मिथुन

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।

कर्कट

आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। तापनि नयाँ काममा जग बसाउने समय छ।

सिंह

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कन्या

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।

तुला

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ।

वृश्चिक

अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ।

धनु

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।

मकर

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

कुम्भ

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।

मीन

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट