नदीमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, चार जना बेपत्ता-Sutra News

नदीमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, चार जना बेपत्ता

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडौं । पूर्वी रुवाण्डाको नदीमा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा चार जना बेपत्ता भएका छन् ।



रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुंगा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुंगा पल्टिएको बताइएको छ ।

डंगामा ४६ जना यात्रु रहेका थिए । शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको थियो भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।

अझै चार जनाको खोजी भएको छ । एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ । किसानहरू बाली स्यारेर फर्किएकाले डुंगामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट