यू-१९ विश्वकप: भारत र बंगलादेशलाई पनि पराजित गर्ला त नेपालले ?-Sutra News

यू-१९ विश्वकप: भारत र बंगलादेशलाई पनि पराजित गर्ला त नेपालले ?

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडाैं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट मान्यताप्राप्त अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक र कठिन जित निकालेर सुपर सिक्सको यात्रा पक्का गर्‍यो । अब नेपालले सुपर सिक्सको समूहमा ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ ।



यू-१९ विश्वकपमा सुपर सिक्सको अवधारणा यसै विश्वकपदेखि लागू गरेको हुनाले पनि यो अलि नयाँ फर्म्याट पनि हो । नाम सुपर सिक्स भएपनि चार समूहका तीन तीन टिमले स्थान बनाउने हुनाले सुपर सिक्समा कुल १२ टिमले अलगअलग दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।

सुपर सिक्सको समूह ए मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, आयरल्यान्ड र नेपाल पुगेका छन् । पाकिस्तान, न्युजिल्यान्ड र नेपाल समूह डि बाट तथा भारत, बंगलादेश र आयरल्यान्ड समूह ए बाट सुपर सिक्सको यात्रा तय गरेका छन् ।

सुपर सिक्सको अर्को समूहमा समूह बि र सी का शिर्ष तीन तीन टिमहरू अष्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्म्बाबे पुगेका छन् । अब सुपर सिक्समा प्रत्येक टिमले दुई दुई मात्रै खेल खेल्नेछन । समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर सिक्समा प्रतिस्पर्धा हुने छैन ।

जसअनुसार अब नेपालले सुपर सिक्समा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्न पाउने छैन भने अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधान अनुसार नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्न लागेको छ । सुपर सिक्सका सबै टिमले पनि दुई दुई खेल मात्रै खेल्नेछन् ।

आफूले पराजित गरेको टिम सुपर सिक्समा पुगेको अवस्थामा स्वत: अंक जोडिने छ । त्यसैले पाकिस्तानको सुपर सिक्समा ४ अंक भइसकेको छ । किनभने पाकिस्तानले पराजित गरेका न्युजिल्यान्ड र नेपाल सुपर सिक्समा पुगेकोले उसको स्वत: ४ अंक भएको छ । नेपालको भने सुपर सिक्समा कुनै अंक छैन ।

नेपालले समूह चरणमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो भने नेपाल सम्मीलित समूह सिक्समा रहेको भारत पनि ४ अंक तथा आयरल्यान्डलाई पराजित गरेको बंगलादेशको २ अंक छ । सुपर सिक्समा सहभागी नेपाल र आयरल्यान्ड अंक बिहिन छन् ।

नेट रनरेटको आधारमा समान ४ अंक रहेका भारत र पाकिस्तानमा भारत समूहको शिर्ष स्थानमा छ भने समान २ अंक भएको न्युजिल्यान्ड र बंगलादेशमा नेट रन रेटको आधारमा न्युजिल्यान्ड तेस्रो स्थान र बंगलादेश चौथो स्थानमा रहँदा अंकबिहिन नेपाल नेट रनरेटको आधारमा पाँचौ र आयरल्यान्ड छैटौं स्थानमा रहेका छन् ।

सुपर सिक्समा सबै टिमले दुई दुई खेल खेलेपछी शिर्ष दुईमा पर्ने टिमहरू सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा नेपालले पहिलो खेलमा बुधबार बंगलादेशसँग र शुक्रवार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

सुपर सिक्सबाट नेपालले सेमिफाइनलमा पुग्न भने निकै कठिनाइको सामना गर्नुपर्ने छ त्यो किनपनी भने नेपालले शिर्ष दुईमा पुग्न भारत र बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेर मात्रै पुग्दैन अरु टिमको नतिजामा भर पर्नुपर्ने समीकरण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट