काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । पछिल्ला सात कारोबार दिन लगातारको गिरावट आएको नेप्से दोहोरो अंकले वृद्धि भएको हो ।
बजार परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले वृद्धि हुँदा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ ।
आज कूल ३०६ कम्पनीका एक करोड सात लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच भएको थियो । जसबाट तीन अर्ब ८३ करोड ८७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भए ।
कारोबारमध्ये होटल तथा पर्यटनमूलक, बैंकिङ्ग, उत्पादन तथा प्रशोधनमूलक र म्युचुअल फन्डको सूचक ओरालो लागेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँ बराबरको पाँच लाख २१ हजार ८४३ कित्ता शेयर बिक्री भएको हो ।
यस्तै ङादी ग्रुप पावरको सर्वाधिक ६ लाख ९० हजार १२२ कित्ता शेयर २३ करोड ५३ लाख ७३ हजार रुपैयाँमा कारोबार भएको छ ।