काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फिल्म ‘नमेटिने घाउ’मा खेल्ने भएका छन् । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीसमेत सहभागी भएका थिए । फिल्ममा उनी प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुने छन् । फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवनमा बन्न लागेको हो ।
एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुअगाडि पार्टमा भने रचना गौतम मुस्कान देखिने छिन् । फिल्म अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने भएका छन् ।