‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको चेतावनी-Sutra News

‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको चेतावनी

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडौं । रुसी सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकको प्रयासविरुद्ध रूसले जवाफ दिने रूसी विदेश मन्त्रालयले जनाएको छ ।



हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं ।

“रूसी महासंघको सम्पत्ति जफत गर्नु गैरकानूनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताको उल्लंघन गरेको हामीले बारम्बार उल्लेख गरेका छौँ,” रूसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ ।

यस्तो कार्य ‘सार्वभौम अचल सम्पत्तिमाथिको घोर अतिक्रमण र राज्यहरूको एक समूहले अर्को समूहको सम्पत्तिको सरासर चोरी’ गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “पश्चिमी गठबन्धन’ देशहरूले रूसी अचल साथै अन्य सम्पत्तिजफत गर्ने उनीहरूको कुनै पनि प्रयासले अनिवार्य रूपमा पर्याप्त र प्रभावकारी प्रतिक्रिया पाउने छ भनी उनीहरूले बुझेका हुनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट