काठमाडौं । अभिनेत्री वर्षा राउतले त्रिशुली नदीमाथि सञ्चालित जिपलाइन र स्काई साइक्लिङ खेलेकी छन् । उनले त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालन गर्दै आएको जिपलाइन र स्काई साइक्लिङ खेलेकी हुन् ।
जिपलाइन र स्काइ साइक्लिङपछि अभिनेत्री राउतले आफूलाई शुरूमा डर लागे पनि पछि मज्जा आएको बताइन् । ‘मैले जिपलाइन अरु ठाउँमा पनि गरेको थिएँ, तर यति ठूलो नदीमाथि थ्रिल महशुस भयो,’ उनले भनिन्, ‘खोलामाथि साइक्लिङको अनुभव मेरा लागि नौलो रह्यो ।’
काठमाडौंबाट ७० किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा छ ।
नदीमाथि जिपलाइन र स्काइ साइक्लिङ गर्नका लागि रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । रिसोर्टमा जिपलाइनबाट नदी पार गर्ने गरी बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ ।
जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काई साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुटसमेत दिइने गरेको रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए ।